शुक्रबार, भदौ ५, २०८३

भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस

सरकारले तीन देशका लागि राजदूत सिफारिस गरेको छ।
 |  बिहीबार, कात्तिक ११, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ११, २०७८

काठमाडौं– सरकारले तीन देशका लागि राजदूत सिफारिस गरेको छ। आज बिहीबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको हो।

सरकारले डा. शंकर शर्मालाई भारत, श्रीधर खत्रीलाई अमेरिका र ज्ञानचन्द्र आचार्यलाई बेलायतको राजदूत नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

शर्मा पूर्व अमेरिकी राजदूत हुन् भने राजनीतिशास्त्रका प्राध्यापक खत्री परराष्ट्र मामिलाका विज्ञ हुन्। आचार्य भने संयुक्त राष्ट्रसंघका लागि पूर्व उपमहासचिव थिए। 


प्रकाशित: Oct 28, 2021| 17:22 बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...