शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानन्यायाधीशविरुद्ध महाभियोगबारे गठबन्धनमा छलफल भएको छैन : माधव नेपाल

प्रधानन्यायाधीशविरुद्ध महाभियोगबारे गठबन्धनमा छलफल भएको छैन : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगबारे सत्ता गठबन्धनमा छलफल नभएको बताएका छन्।
 |  बिहीबार, कात्तिक ११, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ११, २०७८

धनगढी- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगबारे सत्ता गठबन्धनमा छलफल नभएको बताएका छन्।

 आचरणको प्रश्न उठेपछि जबराको राजीनामा मागसँगै महाभियोग लगाउनुपर्ने आवाज उठिरहेका बेला सत्ता घटक एसका अध्यक्ष नेपालले बिहीबार बिहान धनगढीमा पत्रकारहरूसँग भने, ‘हामीले महाभियोगबारे छलफल पनि गरेका छैनौं, म बाहिरको बाहिर छु। हाम्रो पाँच दलको बैठक पनि बसेको छैन।' 

केही दिनअघि मात्र एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा पुनःस्थापना फैसला गर्ने न्यायाधीशको राजीनामाको माग गरेका थिए। तर,  नेपालले उक्त विषय नाजायज र अनुचित भएको बताए। ओलीको अभिव्यक्ति प्रणालीलाई भत्काउने प्रवृत्तिको उपज भएको नेपालको जिकिर छ।

प्रधानन्यायाधीश जबराले मन्त्रिषद्मा भागवण्डा लिएपछि उनीविरुद्ध चर्को आवाज उठेको हो। सर्वोच्चकै न्यायाधीशले बेन्च बहिस्कार गरेर उनको राजीनामा मागिरहेका छन् भने नेपाल वार एसोसियन पनि उनीविरुद्ध आन्दोलनमा छ।

प्रकाशित: Oct 28, 2021| 10:47 बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...