शुक्रबार, भदौ ५, २०८३

कात्तिक २९ सम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित

बिहीबारका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची थियो। तर प्रधानमन्त्री देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले उक्त प्रतिवेदन पेस गरेका थिए।
 |  बिहीबार, कात्तिक ११, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ११, २०७८

काठमाडौं- प्रतिनिधिसभाको बैठक कात्तिक २९ गतेसम्मका लागि स्थगित भएको छ। कात्तिक २९ गते सोमबार दिउँसो १ बजे बस्‍ने गरी बिहीबार बस्ने गरी बैठक  सकिएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका हुन्। 

बिहीबारका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची थियो। तर प्रधानमन्त्री देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले उक्त प्रतिवेदन पेस गरेका थिए। 

प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दलले अवरोध खडा गर्दै आएको छ। तत्कालीन एमालेका सांसद माधवकुमार नेपाललगातका १३ जना सांसदलाई कारबाही गर्न आफ्नो पार्टीले सिफारिस गरेको तर सभामुख सापकोटाले उनीहरूलाई कारबाही नगरेको भन्दै सरकारबाट बाहिरिएसँगै एमालेले प्रतिनिधि सभा बैठकमा अवरोध गर्दै आएको छ। 

प्रकाशित: Oct 28, 2021| 15:03 बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...