शुक्रबार, भदौ ५, २०८३

आज पनि नाराबाजीकै बीच चल्यो प्रतिनिधिसभा बैठक

पुनर्स्थापित प्रतिनिधिसभाको तेह्रौं बैठक सुरु भएको छ।
 |  बिहीबार, कात्तिक ११, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ११, २०७८

काठमाडौं– पुनर्स्थापित प्रतिनिधिसभाको तेह्रौं बैठक सुरु भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक सुरु भएको जनाउ दिनेबित्तिकै नेकपा (एमाले) का सांसदहरुले बेल घेरेर नाराबाजी सुरु गरेका छन्। 

नाराबाजीकै बीच सभामुखले बैठक अघि बढाएका छन्। बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुका साथै लामो समयसम्म बैठकमा अनुपस्थित हुने सांसदबारे जानकारी दिएका छन्। 

सभामुख सापकोटाले एमाले फुटाउन भूमिका खेलेको भन्दै एमाले सांसदहरुले संसद बैठक अवरुद्ध गर्दै आएका छन्। एमालेको अवरोधकै बीच असोज ४ गते बजेट पारित गरिएको थियो। यसबीच बसेका प्रतिनिधिसभा बैठकमा एमालेले अवरोध गरे पनि सभामुखले जबर्जस्ती चलाइरहेका छन्। 

प्रतिनिधिसभाको अर्को बैठक कात्तिक २९ गतेसम्मका लागि स्थगित भएको छ।


प्रकाशित: Oct 28, 2021| 14:24 बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...