नेपाली कांग्रेस ललितपुरको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। ललितपुर जावलाखेलस्थित स्टाफ कलेजमा बिहान ८ बजेबाट मतदान सुरु भएको निर्वाचन संयोजक लोक खड्काले जानकारी दिए।
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश क्षेत्रको मतगणना भइरहेको बेला रुपन्देहीमा आक्रमण भएको छ। आक्रमण परि एक जना उम्मेदवारसहित पाँच जना घाइते भएका छन्।
नेकपा (एमाले)का सचिव एवम् प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको १४ औँ महाधिवेशनले पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई नै सर्वसम्मत चयन गर्ने बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन सरेको छ। यही मंसिर ११ गतेदेखि १३ गतेसम्म महाधिवेशन गर्ने तए भए पनि राष्रपाले पुन: महाधिवेशनको नयाँ मिति सार्वजनिक गरिएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने डेमोक्रेसी समिटमा सहभागीले हुने भएका छन्। ‘डेमोक्रेसी समिट’ डिसेम्बर ९ र १० मा भर्चुअलरुपमा आयोजना हुने भएको हो।
अधिवेशन कार्यसूचीअनुसार कार्य सम्पन्न हुन नसकेपछि पार्टीको निर्वाचन समितिको आज बसेको बैठकले अधिवेशन सारेको पार्टीका वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिए।