बिहीबार, भदौ ४, २०८३

गगनले भने– सभापतिको उम्मेदवार शेखर कोइराला उपयुक्त हुन्छ

नेपाली कांग्रेसका नेता गगन थापाले संस्थापन इतर समूहबाट डा. शेखर कोइरालालाई सभापतिको साझा उम्मेदवार बनाउन उपयुक्त हुने बताएका छन्।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले संस्थापन इतर समूहबाट डा. शेखर कोइरालालाई सभापतिको साझा उम्मेदवार बनाउन उपयुक्त हुने बताएका छन्। महाधिवेशन सुरु हुनु अघिल्लो दिनसम्म पनि सो समूहले सभापतिको साझा उम्मेदवार तय गर्न नसकिरहेका बेला थापाले यस्तो बताएका हुन्।

बिहीबार पौडेल पक्षका केन्द्रीय सदस्यहरुको छलफल कार्यक्रममा गगनले भने, ‘मेरो क्षेत्र काठमाडौंमा म प्रकाशमान सिंह नजिक छु, तर राष्ट्रिय राजनीतिलाई विचार गर्दा साझा उम्मेदवारको रुपमा शेखरलाई अगाडि बढाउन उपयुक्त हुन्छ।’ 

उता, शेखर भने जिल्ला सभापतिहरूसँगको छलफलमा छन्। छलफलमा उनी पक्षका नवनिर्वाचित तथा निवर्तमान सभापतिहरू सहभागी छन्।

प्रकाशित: Dec 09, 2021| 11:30 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...