काठमाडौं– बत्तिसपुतली भेलाको म्यान्डेड बोकेर सभापतिका आकांक्षी प्रकाशमान सिंहलाई मनाउन तीन नेता चाक्सीबारी जाने भएका छन्।
अनुपम फुडल्यान्डमा भएको केन्द्रीय सदस्यहरूको भेलाले प्रकाशमानलाई सहमतिमा ल्याउन तीन नेतालाई जिम्मेवारी दिएको छ। अर्जुन नरसिंह केसी, बलबहादुर केसी र डा. महेश आचार्यलाई प्रकाशमानलाई मनाउने जिम्मा भेलाले दिएको छ।
सिंह कुनै पनि हालतमा सभापतिको दाबी छोड्ने पक्षमा छैनन्। भेलाले इतर समूहबाट साझा उम्मेदवार चयन गर्नुपर्ने निष्कर्ष निकालेको छ।