बिहीबार, भदौ ४, २०८३

सिटौलाले पनि डाके आफूपक्षीय बैठक

आसन्न १४औं महाधिवेशनको तयारी तथा आफ्नो पक्षको लाइन क्लियर गर्ने उद्देश्यले नेता सिटौलाले दिउँसो ३ बजेका लागि आफू समूहको बैठक बोलाएका हुन्।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पनि आफूपक्षीय बैठक बोलाएका छन्। आसन्न १४औं महाधिवेशनको तयारी तथा आफ्नो पक्षको लाइन क्लियर गर्ने उद्देश्यले नेता सिटौलाले दिउँसो ३ बजेका लागि आफू समूहको बैठक बोलाएका हुन्।

बैठक बिहीबार दिउँसो ३ बजे गौशालास्थित नेता सिटौलाको सम्पर्क कार्यालयमा बस्ने छ। बैठकमा उनी पक्षका सबै नेता उपस्थित हुने बताइएको छ। 

यसअघि बुधबार सिटौला निवासमा बसेको बैठकले सभापतिमा आफै उठ्ने वा कुनै समूहलाई सघाउनेबारे निर्णय गर्ने अधिकार सिटौलालाई दिने निर्णय गरेको थियो।

प्रकाशित: Dec 09, 2021| 09:05 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...