बिहीबार, माघ १, २०८२

रामचन्द्रलाई अन्तिममा प्रकाशमान बाधक हुने संकेत

नेपाली कांग्रेसको संस्थापनइतरका केन्द्रीय सदस्यहरूको बैठक सकिएको छ। बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बिहीबार बिहान ८ बजेखि बसेको बैठक केही समयअघि सकिएको हो।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

काठमाडौं- नेपाली कांग्रेसको संस्थापनइतरका केन्द्रीय सदस्यहरूको बैठक सकिएको छ। बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बिहीबार बिहान ८ बजेखि बसेको बैठक केही समयअघि सकिएको हो। 

National life

बिहीबार बिहान बसेको बैठकले पनि सभापतिको साझा उम्मेदवार भने तय गर्न सकेन। यद्यपि नेताहरूले आफ्नो समूहबाट एकल उम्मेदवार तय हुन्छ भन्ने दाबी भने छोडेका छैनन्।

इतर समूहले केही दिनयता सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयास जारी राखेको छ। मंगलबार र बुधबार लगातार छलफल गरे पनि आकांक्षीहरूबीच सहमति जुट्न सकेको छैन। 

वरिष्ठ नेता रामचन्द्र पौडैलसहित शेखर कोइराला, प्रकाशमान सिंह र शशांक कोइराला इतरपक्षबाट सभापतिका आकांक्षी छन्। यद्यपि महामन्त्री शशांक कोइरालाले मंगलबारको बैठकमै पौडेलका लागि सभापतिमा आफूले दाबी छाड्ने बताइसकेका छन्। तर, त्यसका लागि प्रकाशमान र शेखरबीच सहमति हुनुपर्ने उनको अडान छ।

आजको बैठकमा सभापतिका अर्का आकांक्षी शेखर पनि साझा उम्मेदवार घोषणा गर्ने विषयमा लचक भएका छन्। उनले बैठकमा प्रकाशमान सिंहले माने आफू रामचन्द्र पौडेललाई मान्न तयार रहेको संकेत गरेको बैठकमा सहभागी एक नेताले बताए।

Laxmi sunrise bank
kumari

तर, प्रकाशमान भने कुनै पनि हालतमा सभापतिको उम्मेदवार बन्ने अडानमा छन्। उनले गणेशमान सिंह परिवारले कांग्रेसमा जहिले पनि त्याग गरेको भन्दै यसपटक अरुले आफ्ना लागि छाड्नुपर्ने बताइसकेका छन्।

प्रकाशित: Dec 09, 2021| 11:19 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...