बिहीबार, भदौ ४, २०८३

साझा उम्मेदवार टुंगो लगाउन नसकेको पौडेल पक्षीय बैठक आज पनि

आसन्न पार्टीको १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवारबारे निर्णय गर्न कांग्रेसपौडेल पक्षका केन्द्रीय सदस्यको बैठक बस्न लागेको हो।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय बैठक आज पनि बस्ने भएको छ। आसन्न पार्टीको १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवारबारे निर्णय गर्न कांग्रेसपौडेल पक्षका केन्द्रीय सदस्यको बैठक बस्न लागेको हो।

बैठक बिहान आठ बजे बत्तिसपुतलीमा बस्ने बताइएको छ। बैठकले साझा धारणा तय गर्ने  र सोही अनुरुप शीर्ष नेतालाई दबाब दिने जनाइएको छ। 

पौडेल पक्षीय स्रोतका बैठकबाट निस्किएको निचोडबारे थप छलफल गर्न उक्त पक्षबाट सभापतिका दाबेदार चारैजना १० बजे बैठकमा पुग्ने छन्। सभापतिको टुंगो लगाउन पौडेल पक्ष लगातार चार दिनदेखि छलफलमा भए पनि कुनै निष्कर्षमा पुग्न सकेको छैन।

बुधबार बिहान बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको इतर समूहको छलफल विना निष्कर्ष निस्किएको थियो।

त्यसपछि दिउँसो नेताहरू प्रकाशमान सिंहको निवासमा छलफलमा जुटेका थिए। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, डा.शेखर कोइराला, डा.रामशरण महत, अर्जुननरसिंह केसी, महेश आचार्य, बलबहादुर केसीलगायतका नेताहरू सहभागी थिए। 

इतर समूहबाट सभापतिको दौडमा पौडेल, सिंह र शेखर कोइराला आकांक्षी छन्। सो समूहबाट वरिष्ठ नेता पौडेलसहित प्रकाशमान सिंह, शेखर कोइराला तथा शशांक कोइरालाले सभापतिमा दाबी गरेका छन्। सधै झै उक्त समूहले आजको बैठकबाट पनि साझा उम्मेदवारको टुंगो लाग्ने दाबी गरेको छ।

प्रकाशित: Dec 09, 2021| 07:30 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...