बिहीबार, भदौ ४, २०८३

कांग्रेस महाधिवेशन प्रचार समितिमा कसले के जिम्मेवारी पाए?

कांग्रेसको १४औं महाधिवेशनको प्रचार कार्य र समाचार सम्प्रेसणका लागि विभिन्न १८ जनालाई संयोजक तोकिएर जिम्मेवारी दिइएको छ।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशन प्रचारप्रसार समितिमा विभिन्न व्यक्तिलाई विभिन्न जिम्मेवारी दिइएको छ। कांग्रेसको १४औं महाधिवेशनको प्रचार कार्य र समाचार सम्प्रेसणका लागि विभिन्न १८ जनालाई संयोजक तोकिएर जिम्मेवारी दिइएको छ।

प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको प्रचारप्रसार समितिअन्तर्गत रहेर विभिन्न संयोजक तोकिएको कांग्रेसले जनाएको छ।

जसअनुसार मिडिया सेन्टर संयोजकमा सुरेश आचार्य, प्रेस संघ-संगठन समन्वय संयोजकमा बद्री सिग्देल, अनलाइन समन्वय संयोजकमा समिरजंग शाहलाई जिम्मेवारी दिइएको छ।

सामाजिक संजाल समन्वय संयोजकमा दिपेश विष्ट, मोफसल मिडिया सम्पर्क प्रचार संयोजकमा शिव लम्साल, उपत्यका प्रिन्ट मिडिया संयोजकमा दिपक आचार्य, बिट समन्वय संयोजकमा सरोज अधिकारीले जिम्मेवारी पाएका छन्।

टेलिभिजन समन्वय संयोजकमा नीर शाह, रेडियो समन्वय संयोजकमा गोपाल झा, बौद्धिक क्षेत्र प्रचार समन्वय संयोजकमा अञ्जनि झा, महिला प्रचार समन्वय संयोजकमा अन्जना अर्याललाई जिम्मेवारी दिएको कांग्रेसले जनाएको छ।

युवा प्रचार समन्वय संयोजकको जिम्मेवारी विकल राई र महाधिवेशन स्थल काठमाडौं महानगर प्रचार समन्वय संयोजकको जिम्मेवारी निलकाजी शाक्यले पाएका छन्।

कांग्रेसका अनुसार सामाजिक संघ संस्था प्रचार समन्वय संयोजकमा फूलकुमार लालवानी, प्रवास क्षेत्र प्रचार समन्वय संयोजकमा विमल सुवेदी, स्वागतद्वार र श्रृङ्गार संयोजकमा गोविन्द पुडासैनी, कला संयोजकमा मिन भाम, डिजिटल बोर्ड प्रचार संयोजकमा सुसन वैद्य र प्रचारप्रसार सचिवमा दिने थापा मगरलाई जिम्मेवारी दिइएको छ। उनीहरूले महाधिवेशनको अवधिभर सम्बन्धित जिम्मेवारी व्यवस्थित रूपमा सम्पादन गर्नुपर्ने कांग्रेसले जनाएको छ।

प्रकाशित: Dec 09, 2021| 07:56 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...