बिहीबार, भदौ ४, २०८३

आज कांग्रेस केन्द्रीय समिति बैठक बस्ने

महाधिवेसनको पूर्वसन्ध्यामा सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

काठमाडौं- महाधिवेसनको पूर्वसन्ध्यामा सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहीबार बिहान साढे १० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बैठक बस्न लागेको हो।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थिति हुनेछ।

शुक्रबारदेखि सुरु हुने १४औं महाधिवेशनको अघिल्लो दिन कांग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको हो। आगामी महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुन: नेतृत्वका लागि चुनाव लड्दैछन्। संस्थापनइतरबाट भने सभापतिका साझा उम्मेदवारकाे तय भइसकेको छैन।

प्रकाशित: Dec 09, 2021| 09:10 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...