आकांक्षीहरुले आ–आफ्नो अडान नछोडेपछि छलफल निष्कर्षमा पुग्न नसकेको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जनाकारी दिए। छलफलका क्रममा तनाव भएको र माहोल तातेकाले आजको बैठक स्थगत स्थगित गरिएको उनको भनाइ छ।
२७ वर्षमै मन्त्री बनेका सुब्बाले तेह्रथुमबाट ०६४ सालमा संविधानसभा सदस्यमा चुनिएका थिए। तेह्रथुममा २०१५ पछि कांग्रेसबाट उनले पहिलोपटक निर्वाचन जितेका हुन्।
पुस्तक मात्रै सार्वजनिक गरेका छैनन्, सँगसँगै केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी पनि घोषणा गरेका छन्। यस्तो लाग्छ, पुस्तकले सोधिरहेको प्रश्नको जवाफ उनी दिन खोजिरहेका छन्, ‘हामी सुधार्छौं कांग्रेस।’
बिपीका कुराहरु अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका उनले राजनीति पेशा नभई सेवा गर्ने माध्यम हो भन्ने बीपीको भनाइ अहिले झन् बढी सान्दर्भिक भएको उल्लेख गरेका थिए।
पौडेल समूहको भेलामा जिल्लाका नेताहरुले धारणा राखिरहेका छन्। भेलामा बोल्ने अधिकांश नेताहरूले भने आफूहरू मिलेर साझा रूपमा उम्मेदवार तयार गरी कांग्रेसलाई जनतासँग जोड्नुपर्ने बताएका थिए।
महाधिवेन प्रतिनिधिहरूसँगको छलफल तथा भेटघाटकाका लागि सम्पर्क कार्यालयलाई प्रयोगमा ल्याइने थापाको सचिवालयले जानकारी दिएको छ। थापाले बुधबार दिउँसो कार्यालयको उद्धाटन गर्ने भएका छन्।
नेपाल सांस्कृतिक संघका महामन्त्रीसमेत रहेका रिजाल क्षेत्रीय अधिवेशनमा पाँच सय १३ मत प्राप्त गरी विजयी भएका हुन्। मंगलबार सर्लाही ४ को गोडैता नगरपालिका-५ स्थित एक विद्यालयमा अधिवेशन सम्पन्न भएको थियो।
‘मैले लामो समयदेखि पार्टीमा काम गर्दै आएकी छु,’ गुरुङले भनिन्, ‘त्यही कारण मैले आदिवासी जनजातितर्फ सहमहामन्त्री पदका लागि मैले उम्मेदवारी दिने निर्णय गरेकी छु।’ यद्यपि आफूहरू अझै छलफलमा रहेको उनले...
नेपाली कांग्रेसको महाधिवेशन सुरु हुन दुई दिनमात्रै बाँकी हुँदा संस्थापन र संस्थापन इतर समूह पार्टी सभापति र पदाधिकारीका लागि उम्मेदवार छान्न प्रयासरत छन्।