बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एक महिनाभित्र ४ दलका महाधिवेशन, चार वटैमा प्रधानमन्त्री देउवा उपस्थित

एक महिनाभित्र ४ दलका महाधिवेशन, चार वटैमा प्रधानमन्त्री देउवा उपस्थित

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक महिनाभित्र चार वटै दलको महाधिवेशनमा सहभागी भएका छन्। एक महिनाभित्र राप्रपा, एमाले र माओवादी केन्द्रको महाधिवेशनमा देउवा अतिथिका रूपमा सहभागी भएका हुन्।
 |  आइतबार, पुस ११, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ११, २०७८

काठमाडौं- एक महिनाको अवधिमा नै नेपालका ४ ठूला दलको महाधिवेशन भएका छन्। आइतबारदेखि माओवादी केन्द्रको पनि आठौं महाधिवेशन सुरु भएपछि एक महिनामा महाधिवेशन गर्ने दलको संख्या ४ पुगेको हो।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक महिनाभित्र चार वटै दलको महाधिवेशनमा सहभागी भएका छन्। एक महिनाभित्र राप्रपा, एमाले र माओवादी केन्द्रको महाधिवेशनमा देउवा अतिथिका रूपमा सहभागी भएका हुन्।

यही बीचमा नेपाली कांग्रेसको १४औं महाधिवेशनसमेत सम्पन्न भयो। आफ्नै पार्टीको महाधिवेशनमा देउवा सहभागी नहुने कुरै भएन। देउवा पहिलोपल्ट १०–१३ मंसिरमा चितवनमा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा अतिथिका रूपमा सहभागी भएका थिए। प्रधानमन्त्री भएपछि देउवा र एमाले अध्यक्ष केपी ओलीको महाधिवेशनकै मञ्चमा भेट भएको थियो। ओलीले देउवालाई हातमा समातेर लगेका थिए।

त्यसपछि १५–१७ मंसिरमा काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको राप्रपाको महाधिवेशनको उदघाटन सत्रमा अतिथिका रूपमा उपस्थित भएका थिए। नेपाली कांग्रेसको सभापतिको रूपमा देउवालाई आमन्त्रण गरिएको थियो । उनले अरुलाई पनि आफ्नो प्रतिनिधिका रूपमा पठाउन सक्थे। तर, आफैं गए।

एमाले अध्यक्ष ओलीले राप्रपाको महाधिवेशनमा उपाध्यक्ष ईश्वर पोखरेल र माओवादी केन्द्रको महाधिवेशनमा महासचिव शंकर पोखरेललाई पठाएका छन्। उनी कांग्रेसको १४औं महाधिवेशनमा आफैं उपस्थित भएका थिए। आइतबार देउवा माओवादी केन्द्रको आठौं महाधिवेशनमा अतिथिका रूपमा सहभागी भएका छन्। 

एकीकृत माओवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस र राप्रपाको महाधिवेशनमा अतिथि बनेर गएका छन्। जसपा अध्यक्ष उपेन्द्र यादव पनि कांग्रेस, एमाले, राप्रपा र माओवादी केन्द्रको महाधिवेशनमा अतिथि बनेका छन्।


प्रकाशित: Dec 26, 2021| 16:03 आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...