बिहीबार, भदौ ४, २०८३

संघीयताको अनुभूति गर्न पाएनन् जनताले : झा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अनिलकुमार झाले संघीयता र समावेशीको एजेन्डालाई सम्बोधन गर्नुपर्ने बताएका छन्।
 |  आइतबार, पुस ११, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ११, २०७८

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अनिलकुमार झाले संघीयता र समावेशीको एजेन्डालाई सम्बोधन गर्नुपर्ने बताएका छन्।

माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले संविधानमा गणतन्त्रको विषय समेटिएको भए पनि जनताले अनुभूति गर्ने गरी संघीयता र समावेशीको एजेन्डा सम्बोधन गर्नुपर्ने बताएका हुन्। 

यसका लागि मधेस आन्दोलन भए पनि अहिलेसम्म सम्बोधन नभएको भन्दै उनले संघीयता र समावेशीको एजेन्डाका लागि जीवन दाउमा राखेर माओवादी क्रान्तिमा होमिएको भए पनि अहिले त्यसलाई सम्बोधन गराउन चुकेको आरोप लगाए। 

‘गणतन्त्र, समावेशी, संघीयताका लागि माओवादी क्रान्तिमा होमियो। हामी शान्तिपूर्ण आन्दोलनमा लाग्यौैँ,’ उनले भने, ‘तर, गणतन्त्र संविधानमा समावेश भए पनि संघीयता र समावेशीबारे उठाइएको एजेन्डा अहिलेसम्म सम्बोधन भएन।’ यी माग सम्बोधन गर्ने गरी माओवादी अधिवेशनले निर्णय लिने उनको अपेक्षा छ। 

 माओवादीको आठौं महाधिवेशन अन्तर्गत जारी उद्घाटन सत्रमा विभिन्न दलका नेताहरुले शुभकामना मन्तव्य दिने क्रम जारी छ। 


प्रकाशित: Dec 26, 2021| 16:58 आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...