काठमाडौं- नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनका शीर्षक मात्रै सुन्न पाएका छन्। आइतबार बिहान पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले दस्तावेजका शीर्षक मात्रै पढेर सुनाएका हुन्।
प्रतिवेदनको गोपनीयता कायम राख्नका लागि प्रचण्डले केन्द्रीय सदस्यलाई शीर्षक मात्रै सुनाएको बैठकमा सहभागी एक नेताले बताएका छन्। उनका अनुसार सोमबार मात्रै प्रतिवेदन उपलब्ध गराइने बताए।
प्रस्ताव केन्द्रीय सदस्यहरुलाई प्रतिवेदन वितरण गर्दा बन्दसत्र सुरु नहुँदै पत्रिकामा छापिने र महाधिवेशन खल्लो हुने प्रचण्डले बैठकमा बताएका थिए।