काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो लागेको बताएका छन्।
आइतबार नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा महासचिव पोखरेलले विभिन्न कारणले एकता जोगिन नसकेको बताए।
उनले भने, ‘एमाले र माओवादी एकीकरण गर्ने सोच सही थियो, तर विभिन्न कारणले एकता जोगिएन। एकता जोगाउन सकेकोमा पछुतो छ।’ उनले अब वामपन्थी आन्दोलनको समीक्षा गर्नुपर्ने बताए। ‘अहिले वामपन्थी आन्दोलन सही बाटोमा हिँडिरहेको छैन। अब नयाँ सोच, नयाँ संकल्पका साथ अगाडि बढ्नुपर्छ,’ पोखरेलले भने।
अहिलेसम्म वामपन्थी दलहरू अधिकारका मामिलामा राम्रो गरेर अघि बढेको भए पनि त्यसपछि गर्नुपर्ने कार्यमा चुकेको उनको भनाइ थियो। अब नेताहरूको अन्तर कलहका आधारमा नीति बनाउन नहुने उनले बताए।
माओवादीको आठौं महाधिवेशन अन्तर्गत जारी उद्घाटन सत्रमा विभिन्न दलका नेताहरुले शुभकामना मन्तव्य दिने क्रम जारी छ।