बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विचार र वादतिर होइन, राष्ट्रियता बलियो बनाउन लागौँ : राप्रपा महामन्त्री शाही

विचार र वादतिर होइन, राष्ट्रियता बलियो बनाउन लागौँ : राप्रपा महामन्त्री शाही

'विचार र वाद फरक हुन सक्छ तर राष्ट्र बनाउने कुरामा मतभेद हुनहुँदैन। वाद र विचार तिर होइन राष्ट्रियता बलियो बनाउन लागौँ,' उनले थपिन्, 'राष्ट्रियताको मुद्दामा सबै दल एक ठाउँमा जुटौँ।'
 |  आइतबार, पुस ११, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ११, २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको नवनिर्वाचित महामन्त्री कुन्ती शाहीले विचार र वादभन्दा बढी राष्ट्रियता बलियो बनाउनतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएकी छन्। आइतबार प्रज्ञा भवनमा सुरु भएको नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै महामन्त्री शाहीले यस्तो बताएकी हुन्। 

'विचार र वाद फरक हुन सक्छ तर राष्ट्र बनाउने कुरामा मतभेद हुनहुँदैन। वाद र विचार तिर होइन राष्ट्रियता बलियो बनाउन लागौँ,' उनले थपिन्, 'राष्ट्रियताको मुद्दामा सबै दल एक ठाउँमा जुटौँ।'

जनतालाई अधिकार सम्मपन्न बनाउनका लागि र युवालाई आफ्नै देशमा श्रम गर्ने वातावरण बनाउन माओवादी महाधिवेशन सफल होस् भन्ने उनले शुभकामना व्यक्त गरिन्। 


प्रकाशित: Dec 26, 2021| 16:21 आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...