बिहीबार, भदौ ४, २०८३

हाम्रो आन्दोलन प्रयोगशालामा सीमित नहुन् : सिपी मैनाली

नेकपा मालेका महासचिव सिपी मैनालीले विभिन्न चरणमा भएको राजनीतिक आन्दोलन प्रयोगशालामा सीमित हुन नहुने बताएका छन्।
 |  आइतबार, पुस ११, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ११, २०७८

काठमाडौं- नेकपा मालेका महासचिव सिपी मैनालीले विभिन्न चरणमा भएको राजनीतिक आन्दोलन प्रयोगशालामा सीमित हुन नहुने बताएका छन्। 

माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले जनताले व्यवस्था फेरियो, अवस्था फेरिएन भन्ने गरेको भन्दै राजनीतिक आन्दोलनलाई प्रयोगशालामा सीमित गर्न नहुने बताएका हुन्। 

आफ्नो सम्बोधनका अधिकांश समय माओवादीप्रति जनताले निकै प्रश्न उठाएको र यसको नेतृत्वले  जवाफ दिनुपर्ने बताएका उनले घुमाउरो शैलीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनका क्रममा जनतामाझ गरिएको वाचा पूरा नहुनुको जवाफ दिनुपर्ने बताए।  

महाधिवेशनमा अन्य दलका प्रतिनिधिले बाेल्नेक्रम जारी छ। महाधिवेशन १५ पुससम्म चल्ने माओवादीले जानकारी दिएको छ।

प्रकाशित: Dec 26, 2021| 16:26 आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...