बिहीबार, भदौ ४, २०८३

गणतन्त्र र संघीयता धरापमा पर्न थाल्यो : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले विभिन्न राजनीतिक उपलब्धीहरू धरापमा पर्न थालेको बताएका छन्।
 |  आइतबार, पुस ११, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ११, २०७८

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले विभिन्न राजनीतिक उपलब्धीहरू धरापमा पर्न थालेको बताएका छन्। 

नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले गणतन्त्र, संघीयता र समावेशी नै धरापमा पर्न थालेको हो कि भन्ने लाग्न थालेको बताए। राजनीतिक उपलब्धी रक्षाका लागि संविधान संशोधन र परिमार्जन अतिआवश्यक भएको भन्दै उनले अबको सरकारले अघिल्लो सरकारको गल्ती कमजोरी बताएर मात्र नभएर सबैको माग सम्बोधन गर्नुपर्नेमा जोड दिए। 

संघीयता, समावेशी र गणतन्त्रको विकल्प हुनै नसक्ने भन्दै उनले संसदमा अवरोध गर्नुको कुनै तुक नरहेको बताए। माओवादी सशस्त्र युद्ध र यसको जगमा भएको मधेश विद्रोहले गणतन्त्र ल्याएको उनको भनाइ छ। सबै पक्षको माग सम्बोधन गरेर राष्ट्रिय एकता कायम गर्नुपर्ने यादवले बताए।  

 माओवादीको आठौं महाधिवेशन अन्तर्गत जारी उद्घाटन सत्रमा विभिन्न दलका नेताहरुले शुभकामना मन्तव्य दिने क्रम जारी छ। 


प्रकाशित: Dec 26, 2021| 17:20 आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...