नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मनाइएको छ।
नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग नेपालले गरेको सम्झौता संसदबाट अनुमोदन गर्नेबारे प्रमुख प्रतिपक्षी एमाले नबोलेको भन्नेहरूप्रति असन्तुष्टि जनाएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउँदै हाम्रो लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने बताएकी छन्।
एमसीसीमा केन्द्रित देउवा-ओली भेटमा देउवाले गठबन्धनले साथ नदिएको दुखेसो पोखेका थिए। एमसीसी पास गर्ने सन्दर्भमा आफूलाई गठबन्धनको भन्दा धेरै प्रतिपक्षसँग भरोसा रहेको बताएका थिए।