सोमबार, भदौ १, २०८३

मन्त्री हेरफेरबारे छलफल चलिरहेको छ : प्रचण्ड

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री हेरफेरबारे छलफल भइरहेको बताएका छन्।
 |  मंगलबार, चैत ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ८, २०७८

काठमाडौं– सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री हेरफेरबारे छलफल भइरहेको बताएका छन्।

आज मंगलबार  जनकपुर पुगेका प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै भने, ‘मन्त्री हेरफेरबारे कुराकानी चलिरहेको छ, केही मन्त्रालय हेरफेर हुने सम्भावना छ।’

मन्त्रिपरिषद्‍मा हेरफेर हुँदा आफ्नो पार्टीलाई हैसियतअनुसारको हिस्सा दिनका लागि प्रधानमन्त्रीलाई भनेको पनि दाहालले सुनाए। उनले गठबन्धन बचाउनका लागि माओवादीले त्याग गरेको पनि तर्क गरे। ‘हामीले जति मन्त्रालय पाउनुपर्ने हो त्यो पाउनुपर्छ भनेर प्रधानमन्त्रीजीलाई भनेको छु। विगतमा प्रधानमन्त्रीले महाधिवेशनसम्म सहयोग गर्नुपर्‍यो भन्नुभयो। माधव नेपालले मैले भर्खर पार्टी बनाएकाले सहयोग गर्नुपर्ने भन्नुभयो। त्यसैले हिजो हामीले त्याग गरेका हौं, अब गर्न सकिँदैन,’ उनले भने।

गठबन्धनका लागि त्याग गर्ने काम माओवादीले मात्रै गरेको जिकिर प्रचण्डले गरे। ‘मन्त्रिपरिषद्‍मा हेरफेर हुने स्थिति आयो भने हैसियतअनुसार मन्त्रालय चाहिन्छ भनेका छौं,’ उनले दोहोर्याए। आजै प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेटवार्ता गरेका थिए।

दुई दिनका लागि प्रचण्ड मधेश प्रदेश पुगेका हुन्। चुनाव केन्द्रित प्रशिक्षण, भेला र सभाहरुमा उनले सम्बोधन गर्ने कार्यक्रम छ। 


प्रकाशित: Mar 22, 2022| 12:00 मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...