सोमबार, भदौ १, २०८३

संसद् अधिवेशन अन्त्य गरेको एक सातामै अध्यादेश जारी

सरकारले संसद् अधिवेशन अन्त्य गरेको एक सातामा नै अध्यादेश जारी गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रेल्वे अध्यादेश, २०७८ जारी गरेकी हुन्।
 |  मंगलबार, चैत ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ८, २०७८

काठमाडौं-  सरकारले संसद् अधिवेशन अन्त्य गरेको एक सातामा नै अध्यादेश जारी गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रेल्वे अध्यादेश, २०७८ जारी गरेकी हुन्। 

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले रेलवे अध्यायादेश जारी गर्नका लागि सिफारिस गरेको थियो। नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

नेकपा एमालेले लगातार संसद् अवरुद्ध गरेपछि बिजनेस अघि बढाउन नपाएको भन्दै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चैत १ गते मंगलबार राति १२ बजेदेखि लागु हुने गरी संसद्‌को दशौं अधिवेशन अन्त्य भएको घोषणा गरेकी थिइन्। 

प्रकाशित: Mar 22, 2022| 21:00 मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...