सोमबार, भदौ १, २०८३

'कांग्रेसले एमसीसीबारे बुझाएर भोट माग्नुपर्छ'

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसीसीबारे सत्यतथ्य बुझाएर कांग्रेसले जनतासँग भोट माग्नुपर्ने बताएका छन्।
 |  मंगलबार, चैत ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ८, २०७८

काठमाडौं– नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसीसीबारे सत्यतथ्य बुझाएर कांग्रेसले जनतासँग भोट माग्नुपर्ने बताएका छन्। 

नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले आज दमौलीमा आयोजना गरेको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा नेता पौडेलले एमसीसी पास गर्ने कांग्रेस हो भनेर जनतामाझ जानुपर्ने र कांग्रेसलाई जिताउन भोट माग्नुपर्ने उल्लेख गरे।

एमसीसी नेपालको विकासका निम्ति आवश्यक रहेको चर्चा गर्दै उनले भने, ‘कांग्रेसले एमसीसी पास गरायो, त्यही कारण कांग्रेसलाई भोट देउ भनेर जनतामाझ जानुपर्छ।’ एमसीसी परियोजनामार्फत उत्पादन हुने बिजुली बेचेर नेपाललाई धनी बनाउन सकिने उनको भनाइ थियो। 

नेपालको गरिबी अन्त्यका लागि एमसीसी परियोजना सफल हुने उल्लेख गर्दै नेता पौडेलले एमसीसीको विरोध गर्नेहरु राष्ट्रघाती भएको आरोप लगाए। ‘देश विकास गर्ने पार्टी कांग्रेस हो, देशलाई कांग्रेसले मात्रै बलियो बनाउँछ,’ पौडेलले भने, ‘देशको भविष्य सोचेर कांग्रेसले दूरदर्शी निर्णय गरेको छ। यही कुरा जनतालाई बुझाउनुपर्छ।’

प्रकाशित: Mar 22, 2022| 18:20 मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...