मंगलबार, भदौ २, २०८३

स्थानीय चुनावमा तालमेलबारे देउवा-दाहाल-नेपाल छलफल

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच आगामी स्थानीय तह निर्वाचनमा तालमेल गर्नेबारे छलफल भएको छ।
 |  मंगलबार, चैत ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ८, २०७८

काठमाडौं– सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच आगामी स्थानीय तह निर्वाचनमा तालमेल गर्नेबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच छलफल भएको हो।

छलफलमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरु सहभागी थिए। बैठकमा दाहाल र नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनबारे छिटो टुंगोमा पुग्नुपर्नेमा जोड दिएका थिए। प्रधानमन्त्री देउवाले भने कांग्रेस केन्द्रीय समिति बैठकबाट निर्णय गरेपछि मात्रै ठोस रुपमा भन्न सक्ने जवाफ दिएको बताइएको छ। 

बैठकमा स्थानीय तह निर्वाचनका लागि संयन्त्र बनाउने विषयमा छलफल भएको थियो। उक्त संयन्त्रले स्थानीय तहमा गर्ने तालमेलबारे मोडालिटी बनाउनेछ। स्थानीय तह निर्वाचनको आचारसंहिता लागू नहुँदै विभिन्न सरकारी नियुक्ति तथा राजदूत नियुक्तिका विषयमा पनि शीर्ष नेताबीच छलफल भएको बताइएको छ।

नेपाली कांग्रेसले चैत ११ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। स्थानीय निर्वाचन भने आगामी वैशाख ३० गतेका लागि घोषणा गरिएको छ।

प्रकाशित: Mar 22, 2022| 12:33 मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...