सोमबार, भदौ १, २०८३

विवाद मिलेपछि सुरु भयो एनआरएनको विश्व सम्मेलन

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औं विश्व सम्मेलन आज मंगलबारबाट काठमाडौंमा सुरु भएको छ।
 |  मंगलबार, चैत ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ८, २०७८

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औं विश्व सम्मेलन आज मंगलबारबाट काठमाडौंमा सुरु भएको छ। दरबारमार्गस्थित होटल याक एण्ड यतीमा सुरु भएको सम्मेलन उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरेका छन्। 

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले नेपालको राजनीतिमा आएको विकृति एनआरएनएमा पनि देखिएको बताए। विधान मिचेर काम नगर्न उनले सबै गैरआवासीय नेपालीलाई आग्रह गरे। टुटफुट नभई सबै एक भएर काम गर्नुपर्ने उनको भनाइ छ। ‘हामीले तपाईंहरूबाट ठूलो अपेक्षा गरेका छौं। तर तपाईंहरू नै एक हुनुहुन्न, तपाईंहरू एक हुनुस् विधान अनुसार काम गर्नुस्,’ उनले भने।

कार्यक्रममा एनआरएनएका प्रमुख संरक्षक शेष घलेले अर्थमन्त्रीसहित प्रतिनिधिहरु आफूलाई विश्वास गरेर सम्मेलनमा उपस्थित भइदिएको र यसले आफूहरुलाई उत्साहित बनाएको बताए। अर्थमन्त्री शर्माको प्रशंसा गर्दै घलेले उनलाई भविष्यको प्रधानमन्त्रीको रुपमा आफूले देखेको सुनाए।

तीव्र विवादमा फसेको एनआरएनएमा हिजो राति विवाद मिलेपछि सम्मेलन सुरु भएको हो। अध्यक्ष कुमार पन्तले समयमा महाधिवेशन गराउन नसकेपछि संरक्षक घलेले वर्तमान कार्यसमिति विघटन गरी उपाध्यक्षको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरेका थिए। त्यसप्रति असन्तुष्ट पन्त पक्षधरले छुट्टै निर्वाचनको तयारी गरे पनि अदालतले त्यसलाई रोक्न आदेश दिएको छ।

पन्त पक्षधरले कुल आचार्य र बद्री केसीलाई आधा–आधा कार्यकाल अध्यक्ष बनाउन प्रस्ताव गरे पनि संरक्षक घलेले आफूलाई यस विषयमा जानकारी नभएको बताए। धेरै देशहरुबाट प्रतिनिधि आइसकेको भन्दै उनले निर्वाचनको काम अघि बढ्ने बताएका छन्।

सम्मेलनमा पूर्वअध्यक्ष घलेले सबै गैरआवासीय नेपालीहरुबीच एकता आवश्यक रहेको बताए। सबै नेपालीबीच पार्टनरसीपको आवश्यकता रहेको भए पनि त्यो हुन नसकेको उनको भनाइ थियो। घलेले अहिले संस्थामा भूकम्प गएको र त्यो भूकम्पबाट आफूले धेरै कुरा सिकेको बताए।

एनआरएनएको विवाद मिलेको बताइए पनि पूर्वअध्यक्ष घलेले भने त्यसबारे आफूलाई थाहा नभएको बताए। सोमबार राति अबेरसम्म भएको दुईपक्षीय वार्तामा दुई अध्यक्षात्मक प्रणालीसहित महत्त्वपूर्ण पदहरू थप्ने सहमति भएपछि विवाद मिलेको बताइएको थियो। विधान संशोधन गरेर आवश्यक व्यवस्था गर्ने सहमति भएको छ।

सहमति जुटेपछि शेष घले पक्षले मार्च २४ र २५ मा गर्ने भनेको छुट्टै महाधिवेशन रोकिने भएको छ। यस्तै अदालतमा रहेको मुद्दा पनि फिर्ता लिएर तोकिएकै समय २४ र २५ तारिखको चुनाव र त्यसपछिको महाधिवेशन एकताको महाधिवेशनको रूपमा गरिने बताइएको छ।

संस्थापन पक्षले प्रतिनिधि छनोटमा धाँधली गरेको भन्दै कुल आचार्य पक्षले परराष्ट्र मन्त्रालयमा उजुरी गरेपछि एनआरएनएमा विवाद बढेको थियो  विवादकै कारण गत अक्टोबरमा हुने भनिएको महाधिवेशन स्थगित हुँदै आएको थियो।

विवादले उग्र रूप लिएपछि शेष घले र कुल आचार्य पक्षको छुट्टाछुट्टै महाधिवेशन घोषणा गरिएको थियो। अब सहमतिअनुसार कुल आचार्य र बद्री केसी अध्यक्ष बन्ने बताइएको छ।

पहिलो १ वर्ष कुल आचार्यले बैठकको अध्यक्षता गर्ने र त्यसपछि बद्री केसीले गर्ने समझदारी भएको छ। यस्तै अध्यक्षमा उम्मेदवारी दिएकी रविना थापालाई अन्य पदमा सम्मानजनक हैसियत दिने गरी सहमति भएको बताइएको छ। सहमतिबारे आजै कुल आचार्य र बद्री केसीले एनआरएनएको कार्यालयमा संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन्।

प्रकाशित: Mar 22, 2022| 11:26 मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...