सोमबार, भदौ १, २०८३

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ। बुधबार बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बैठक बस्ने भएको हो।
 |  बुधबार, चैत ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८

काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ। बुधबार बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बैठक बस्ने भएको हो।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताइन्। उनले त्यसपछि प्रतिवेदनमाथि छलफल हुने जानकारी दिएकी छन्।

त्यस्तै बैठकमा पार्टी मातहत रहेका विभागलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय र पोलिटब्युरो कमिटी बैठकको निर्णय अनुमोदनलगायत प्रस्ताव पनि अध्यक्ष ओलीले पेस गर्ने छन्। 

बैठक बिहीबारसम्म जारी रहने छ। यसअघि सोमबार पोलिटब्युरो बैठक र त्यसअघि सचिवालय बैठक बसेको थियो।

प्रकाशित: Mar 23, 2022| 07:20 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...