शनिबार, जेठ २, २०८३

राष्ट्रपति निर्वाचन, बालुवाटार बैठकमा जुटेन सहमति

शुक्रबार, फागुन १२, २०७९
१० पुसमा भंग भएको पाँच दलीय गठबन्धनमा आबद्ध दलका शीर्ष नेतृत्वबीच राष्ट्रपति उम्मेदवारको विषयलाई लिएर सहमति जुटाउन बालुवाटारमा बसेको करिब साढे ३ घन्टा लामो बैठक बिनानिष्कर्ष टुंगिएको हो।

एमालेले शनिबारका लागि बोलायो सचिवालय बैठक

शुक्रबार, फागुन १२, २०७९
नेकपा एमालेले शनिबारका लागि सचिवालय बैठक बोलाएको छ।

कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने

शुक्रबार, फागुन १२, २०७९
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ।

राष्ट्रपतिमा कांग्रेस र एमालेको एकै अडान, अन्य दल लचक

राष्ट्रपतिमा कांग्रेस र एमालेको एकै अडान, अन्य दल लचक

प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेपछि नेकपा एमालेले आफ्नो दलबाटै राष्ट्रपति हुनुपर्ने अडान लिएको छ। एमाले आफ्नो अडानबाट पछि नहटेपछि सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेको छ।
सांसद अरुण चौधरीको निलम्बन फुकुवा

सांसद अरुण चौधरीको निलम्बन फुकुवा

सांसद चौधरीले निलम्बन फुकुवासँगै २५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउनेछन्।
बालुवाटारमा कांग्रेससहित चार दलको बैठक जारी

बालुवाटारमा कांग्रेससहित चार दलको बैठक जारी

नेपाली कांग्रेससहित चार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ।
आज प्रतिनिधिसभा बैठक, यस्तो छ कार्यसूची

आज प्रतिनिधिसभा बैठक, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ। बैठक अपराह्न १ बजे नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्ने छ।
राप्रपाले बोलायो कार्यसम्पादन समिति बैठक, राष्ट्रपतिका विषयमा प्रष्ट धारणा बनाउने

राप्रपाले बोलायो कार्यसम्पादन समिति बैठक, राष्ट्रपतिका विषयमा प्रष्ट धारणा बनाउने

सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बैठक बोलाएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठक अपरान्ह १२:३० बजेका लागि बोलाएका हुन्।
प्रकाशित
शुक्रबार, फागुन १२, २०७९  ०७:४०

देउवा निवासमा कांग्रेस शीर्ष नेताको बैठक बस्दै

राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बस्दैछ।

प्रकाशित
शुक्रबार, फागुन १२, २०७९  ०७:३३

प्रकाशित
शुक्रबार, फागुन १२, २०७९  ०७:१०

राष्ट्रपतिका विषयमा छलफल गर्न प्रचण्डले देउवा र ओलीसँग छुट्टाछुट्टै छलफल गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै छलफल गर्ने भएका छन्।

प्रकाशित
शुक्रबार, फागुन १२, २०७९  ०७:०१

राष्ट्रपति निर्वाचनका लागि आज मतदाताको अन्तिम नामावली प्रकाशन गरिने

राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज अन्तिम नामावली प्रकाशन हुनेछ। मतदाता नामावलीमा समावेश नाममा दावी विरोध, उजुरी र छानविनपछि आज नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।

प्रकाशित
बिहीबार, फागुन ११, २०७९  २०:४२

तीन दलको बैठकपछि प्रधानमन्त्रीको प्रतिक्रिया- भोलि ओलीसँग भेट्छु

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने बताएका छन्।

प्रकाशित
बिहीबार, फागुन ११, २०७९  २०:११

चार दलबीच गठबन्धन ब्युँताउनेबारे भोलिमात्र निर्णायक छलफल हुने

राष्ट्रपतिको निर्वाचन र पुरानो गठबन्धन ब्युँताउनेबारे भोलिमात्र निर्णायक छलफल हुने भएको छ।

प्रकाशित
बिहीबार, फागुन ११, २०७९  १९:४७

देउवा निवासमा माधव नेपालको छलफल

कांग्रेस नेताहरू र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल भएको छ।

प्रकाशित
बिहीबार, फागुन ११, २०७९  १९:२०

एमालेले शनिबारका लागि बोलायो सचिवालय बैठक

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। बैठक शनिबार बिहान ९ बजे बस्ने बताइएको छ।

प्रकाशित
बिहीबार, फागुन ११, २०७९  १८:२४

पुरानो गठबन्धन ब्युँताउने कि नेकपा?

एमाले अध्यक्ष केपी ओलीले नेपाललाई राष्ट्रपति बनाएर गठबन्धन जोगाउने विकल्प प्रस्तुत गरिरहँदा नेपाल भने नेकपा ब्युँताउनुपर्ने पक्षमा देखिएका हुन्।

प्रकाशित
बिहीबार, फागुन ११, २०७९  १७:२९

प्रचण्डसँग सहकार्य टुट्ने संकेत हो ओलीको अभिव्यक्ति?

२९ माघमा सरकारले फागुन १ मा बिदा दिने निर्णय गर्दा भने ओलीले कुनै प्रतिक्रिया दिएका थिएनन्। ओली अध्यक्ष रहेको एमाले आफैं मुख्य सत्ता साझेदार दल हो।

प्रकाशित
बिहीबार, फागुन ११, २०७९  १७:०३

राष्ट्रपति र उपराष्ट्रपतिको विषयलाई लिएर न्यायाधीश-वकिल घोचपेच

सर्वोच्च बार पूर्वन्यायाधीशलाई राष्ट्रपति/उपराष्ट्रपतिको उम्मेदवारमा नउठाउन माग गर्दै निर्वाचन आयोगमा बिन्तीपत्र हाल्न गएपछि न्यायाधीश समाजको विरोध।

प्रकाशित
बिहीबार, फागुन ११, २०७९  १६:१४

राष्ट्रपतिमा 'ओलीटिक्स' : प्रचण्डलाई जसरी नै नेपाललाई गलाउने

ओलीले पनि अन्तिम समयमा प्रचण्डलाई गलाएजसरी नेपाललाई गलाउने रणनीति बनाएका छन्। शुक्रबारको भेटमा प्रचण्डसँग नेपाललाई राष्ट्रपतिका रुपमा अघि बढाउन सकिने प्रस्ताव गरेका ओली अहिले पनि माओवादीले कांग्रेसलाई समर्थन नगर्नेमा निर्धक्क...