बिहीबार, वैशाख ३१, २०८३

उपप्रधानमन्त्री र पुनबीचको वार्ता सकारात्मक

 |  आइतबार, वैशाख १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १७, २०८०

National life

काठमाडौं- उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख एवं वैज्ञानिक महावीर पुन भेटवार्ता भएको छ। विभिन्न मागसहित आन्दोलनमा उत्रिएका पुन र मन्त्री खड्काबीच आज मन्त्रालयमा भेट भएको हो।

भेटमा पुनले राख्दै आएका माग सम्बोधनका विषयमा छलफल भएको थियो। वार्तापछि कुरा गर्दै पुनले समस्या समाधानका भएको वार्ता सकारात्मक भएको भएको र समस्या समाधानका लागि टोली गठन गर्ने विषयमा सहमति भएको जानकारी दिए। 
‘माग सम्बोधनका विषयमा वार्ता सकारात्मक रह्यो’, पुनले भने, ‘उपप्रधानमन्त्रीले अब कसरी अघि बढ्ने भन्ने विषयमा सुझाव समेत माग्नुभएको छ।’

पुनले माग सम्बोधनका विषयमा छलपल गर्न आज बेलुका ५ बजेसम्म दुवै पक्षबाट वार्ता टोली गठन भोलिसम्ममा आन्दोलनका माग पूरा गर्ने विषयमा काम गर्ने विषयमा सहमति भएको बताए। ‘वार्ताका क्रममा पनि प्रधानमन्त्रीले दुई पटक फोन गर्नुभयो, अहिलेसम्म वार्ता सकारात्मक भएको छ’, उनले भने। 
 

प्रकाशित: Apr 30, 2023| 15:41 आइतबार, वैशाख १७, २०८०
प्रतिक्रिया दिनुहोस्