काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुवै नेताबीच भेटवार्ता भएको हो।
वैशाख १० गतेको उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेलाई प्रधानमन्त्री प्रचण्डले बधाई दिएका छन्।
प्रधानमन्त्री प्रचण्डले रास्वपालाई सरकारमा ल्याउन चाहेको र रास्वपाले केही माग राखेकाले यी विषयमा छलफल भएको स्रोतले जनाएको छ।