बिहीबार, वैशाख ३१, २०८३

बारामा उपेन्द्रलाई चाँदीको मुकुट र दुई सय किलोको माला 

 |  आइतबार, वैशाख १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १७, २०८०

काठमाडौं- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई चाँदीको मुकुट र दई सय किलोको फूलको मालाले सम्मान गरिएको छ।

National life

वैशाख १० गते भएको उपनिर्वाचनमा बारा २ बाट निर्वाचित यादवलाई चाँदीको मुकुट र दुई सय किलोको फूलको माला लगाएर सम्मान गरिएको हो। यादव मंसिर ४ मा सप्तरीबाट चुनाव हारेका थिए।

बाराको कलैया उपमहानगरपालिकामा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधिसहित जसपाका कार्यकर्ताहरूले अध्यक्ष यादवलाई चाँदीको मुकुटबाट सम्मान गरेका हुन्।  कलैयामा जसपाबाट जितेका जनप्रतिनिधिहरूले बधाई तथा सम्मान कार्यक्रम आयोजना गरि अध्यक्ष यादवलाई चाँदीको मुकुटबाट सम्मान गरेका हुन्।

यादवलाई चाँदीको मुकुट र २ सय किलोको फूलको माला लगाएर सम्मान गरेपछि कार्यकर्ताले नाराबाजीसमेत गरेका थिए। अध्यक्ष यादवलाई चाँदीको मुकुटबाट सम्मान गरिएको तस्बिर जसपा कार्यकर्ताको फेसबुकमार्फत सार्वजनिक भएको छ। 

त्यसअघि, यादवले चुनाव जित्नेबित्तिकै हात्तीसहितको जुलुससमेत निकालिएको थियो। हात्तीमा मधेसका मुख्यमन्त्री सरोज यादव र अर्थमन्त्री सञ्जय यादवसमेत चढेका थिए।

प्रकाशित: Apr 30, 2023| 20:45 आइतबार, वैशाख १७, २०८०
प्रतिक्रिया दिनुहोस्