बिहीबार, वैशाख ३१, २०८३

चर्का कुरा गरेर परराष्ट्र नीति हुन सक्दैन: मन्त्री साउद

 |  आइतबार, वैशाख १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १७, २०८०

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले कुनै पनि देशको परराष्ट्र नीति चर्का कुरा गरेरमात्रै सञ्चालन नहुने बताएका छन्।

National life

परराष्ट्रमन्त्रीमा नियुक्ति भएपछि पहिलोपटक गृहजिल्ला कञ्चनपुर पुगेका परराष्ट्रमन्त्रीले कार्यकर्तासँगको भेटघाटमा भने, 'कुनै पनि राष्ट्रबीचको सम्बन्धका निर्धारकत्वहरू हुन्छन्, इतिहास, समाजको बनावट र आर्थिक स्वार्थमा आधाररित पनि भएको हुन्छ।' पुर्खाहरूले दुई–अढाई सय वर्षदेखि नै दक्षिण एसियाको भू–भागमा मुलुकलाई स्वतन्त्र बनाएर राखेको स्मरण गर्दै उनले परराष्ट्र नीतिको आधार पूर्वजहरूले इतिहासमा दिएर गएको बताए।

'पूर्वजको आधारशिलालाई टेकेर नै हामी अघि बढिरहेका छौँ,' उनले भने, 'हामी छिमेकी र पश्चिमा मुलुकहरूसितको सम्बन्धहरूलाई महत्व दिएर निरन्तरता दिन चाहन्छौँ।' उनले सबै देशसित राम्रो सम्बन्ध राखेर मुलुक अगाडि बढाउनु अहिलेको चुनौती रहेको बताए।

त्यसैगरी दोधारा चादँनीमा सुक्खा बन्दरगाह, डडेल्धुरा र बैतडीको झुलाघाटमा पक्की पुल बनेपछि अन्तर्राष्ट्रिय कनेक्टिभिटी बढ्दै लगिएको उनको भनाइ थियो। 'समग्र सुदूरपश्चिमको विकासका लागि प्रतिबद्ध छु,' उनले भने, 'सुदूरपश्चिमको आर्थिक पर्यटनको विकासका लागि पनि गृहकार्य अघि बढेको छ।'
 

प्रकाशित: Apr 30, 2023| 07:10 आइतबार, वैशाख १७, २०८०
प्रतिक्रिया दिनुहोस्