बिहीबार, वैशाख ३१, २०८३

रास्वपा केन्द्रीय समिति र संसदीय दल बैठकका एजेण्डा के छन्?

ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दै छ।
 |  सोमबार, वैशाख १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १८, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दै छ।

National life

केन्द्रीय समितिको बैठक बिहान ११ बजे र संसदीय दलको बैठक दिउँसो ३ बजे बस्ने महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

यी दुवै बैठक काठमाडौंको वसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा विभिन्न विषयमा छलफल हुने उनले बताए।

बैठकमा हालै सम्पन्न उपनिर्वाचनको समीक्षा, राजनीतिक परिस्थितिको समीक्षा, संसदीय दलको नेता, विभागहरू गठनलगायत विषयमा छलफल हुने उनले जानकारी दिए।

पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिने वा कायम राख्ने विषयमा निर्णय गरिने बताइएको छ। बैठकका विभिन्न एजेन्डामध्ये सरकारमा सहभागी वा बहिर्गमन पनि एक रहेको उनले बताए।

प्रकाशित: May 01, 2023| 06:41 सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्