बिहीबार, वैशाख ३१, २०८३

रास्वपा संसदीय दलको नेताबाट अर्यालले दिए राजीनामा

 |  आइतबार, वैशाख १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १७, २०८०

National life

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेताबाट डोलप्रसाद अर्यालले राजीनामा दिएका छन्। शनिबार बसेको संसदीय दलको बैठकमा उनले दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन्।

उपनेता श्रेष्ठले उक्त जिम्मेवारी सम्हालेका छन्। अब पार्टी सभापति रवि लामिछाने संसदीय दलको नेता बन्नेछन्। स‌ंसदीय दलको बैठक सोमबार बस्ने तयारी छ। बैठकले लामिछानेलाई दलको नेता चयन गर्ने बताइएको छ। 

चितवन क्षेत्र नम्बर २ बाट उपनिर्वाचनमा निर्वाचित भएका लामिछानेले शुक्रबार शपथ लिएका छन्। शपथ लिएसँगै शुक्रबार नै उनी प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका थिए।  

प्रकाशित: Apr 30, 2023| 06:20 आइतबार, वैशाख १७, २०८०
प्रतिक्रिया दिनुहोस्