बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • साढे दुई महिनाको उपचारपछि स्वदेश फर्किएका चन्द्र भण्डारीले भने- आगलागीको क्षेत्रमा काम गर्छु 

साढे दुई महिनाको उपचारपछि स्वदेश फर्किएका चन्द्र भण्डारीले भने- आगलागीको क्षेत्रमा काम गर्छु 

 |  आइतबार, वैशाख १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १७, २०८०

काठमाडौं- ३ तीन फागुनमा घरमै भएको आगलागीमा जलेर गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी साढे दुई महिना भारतमा उपचारपछि आइतबार स्वदेश फर्किएका छन्।

National life

उनले आफ्नो उपचारमा सहयोग गर्ने र स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन्। घरमै भएको आगलागीमा परी भण्डारीकी आमाको भने निधन भएको थियो। आगामी दिनमा आगलागीबाट हुने घटनाहरु कम गर्न नीति निर्माण तहमा वा अन्य कुनै पनि ढंगले योगदान गर्न सके आमाका लागि श्रद्धाञ्जली हुने सांसद भण्डारीले बताएका छन्।

उनले अब नेपालमा आगलागीबाट हुने घटनाहरु कम गर्न तथा आगलागीबाट हुने मृत्युदर कम गर्न पैरवी गर्ने घोषणा पनि गरेका छन्। 'त्यसैले मेरो अभियान हुनेछ, कुनै नेपालीले आगोमा जल्नुनपरोस्, आगलागीमा परेको कुनै पनि नेपालीले मर्नु नपरोस्' भण्डारीले स्वदेश फर्केपछि जारी गरेको प्रेस नोटमा भनेका छन्।

विदेशमा उपचार गर्न जाने आफ्नो चाहना नभएको तर चिकित्सकहरुले यहाँ सम्भव नहुने देखेर भारत लैजान सिफारिस गरेको भन्दै भण्डारीले आगामी दिनमा आगलागीमा परेका नेपालीको उपचार गर्न सक्ने पूर्वाधार र जनशक्ति नेपालमै तयार गर्नुपर्ने बताए।

Chandra-bhandari-771682866626.jpg

प्रकाशित: Apr 30, 2023| 20:40 आइतबार, वैशाख १७, २०८०
प्रतिक्रिया दिनुहोस्