अनुचित लेनदेन (मिटरब्याज) र घरसारमा हुने लेनदनेसम्बन्धी उक्त विधेयक प्रतिनिधिसभाबाट पारित भई संशोधन र सन्देशसहित प्राप्त भएकामा आज राष्ट्रिय सभाले संशोधन स्वीकारेकार पुनः पारित गरेको हो।
अवैध सुन प्रकरणमा गृहमन्त्री, अर्थमन्त्री हुँदै विमानस्थल सुरक्षासँग सम्बन्धित सम्पूर्ण सुरक्षा संयन्त्र र भन्सारमा कार्यरत सबै संयन्त्रलाई अनुसन्धानको घेरामा ल्याउन माग।
विमानस्थल भन्सारबाट अवैध सुन पार गराउन भूमिका खेलेको दाबीसहित गृहमन्त्री नारायणकाजी र अर्थमन्त्री महतको प्रतिपक्ष एमाले र कांग्रेस नेताले राजीनामा मागेका छन्।
बुधबारसम्म यस वर्षको मनसुन सुरु भएयता बाढीपहिरोबाट २४ जना बेपत्ता भएका छन् भने ३४ घाइते भएको विवरण गृहअन्तर्गतको विपद् पूर्वतयारी प्रतिकार्य शाखाले प्रकाशित गरेको हो।
सयौै ग्राहक भने साल्ट ट्रेडिङको नुन बेच्ने पसलेबाटै कारोबार गरिरहेका छन्। साल्ट ट्रेडिङ कर्पोरेशनको डिपोबाट प्रति पाकेट नौ रुपैयाँमा किनेर व्यापारीले १५ देखि २० रुपैयाँमा बेच्दै आएका छन्।
नेपाली कांग्रेसको सभापति हुने चाहना गगन थापाबाट लुकेको छैन। गगनको प्रधानमन्त्री हुने चाहना पनि घामजत्तिकै छर्लंग भइसक्यो। तर यी सपना देख्दै गर्दा गगनका पनि आफ्नै सीमाहरु छन्।