बुधबार, चैत २५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • तत्काल कार्यकारिणी समितिको बैठक बोलाउन बीपीका उपकुलपतिलाई प्रधानमन्त्रीको निर्देशन

तत्काल कार्यकारिणी समितिको बैठक बोलाउन बीपीका उपकुलपतिलाई प्रधानमन्त्रीको निर्देशन

 |  आइतबार, माघ ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ ७, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक बोलाउन निर्देशन दिएका छन्।

National life

प्रतिष्ठानका उपकुलपति डा. प्रह्लाद कार्कीलाई आज सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले समितिको बैठक बोलाउन निर्देशन दिएका हुन्।

'तपाईंले पदाधिकारीलाई काठमाडौं नबोलाउनुस्, तपाईं धरान जानुस्, कार्यकारिणी समितिको बैठक बोलाउनुस्, अन्तर्वार्ताको मिति तोक्नुहोस् र नियमावली संशोधनको प्रस्ताव सिनेटमा लैजाने निर्णय गर्नुस्,' प्रधानमन्त्री प्रचण्डले उपकुलपति कार्कीलाई भने।

यसैबीच, प्रधानमन्त्रीले सहकुलपति तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई फोन गरेर आजैका मितिले कानुनअनुसार २१ दिनको समय राखेर सिनेटको मिति तोक्न पनि निर्देशन दिएका छन्।

प्रधानमन्त्री प्रचण्डले यही माघ २ गते नै स्वास्थ्यमन्त्री बस्नेतलाई बोलाएर बीपी प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकहरूका आवाज सुनेर समस्या समाधान गर्न निर्देशन दिएका थिए।

kumari

प्रकाशित: Jan 21, 2024| 18:40 आइतबार, माघ ७, २०८०
प्रतिक्रिया दिनुहोस्