आइतबार, कात्तिक १, २०८३

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, २५७ जना घाइते

 |  आइतबार, कात्तिक १, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १, २०८३

काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन्।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा ३ जना तथा लुम्बिनी प्रदेश एक जनाको मृत्यु भएको छ। 

त्यस्तै देशभर भएका दुर्घटनामा २५७ जना घाइते भएका छन्। जस अनुसार मधेश प्रदेशमा ४३ जना घाइते भएका छन् भने कोशीमा ६६ जना, काठमाडौँ उपत्यकामा २९ जना, सुदूरपश्चिममा २१ जना, बागमतीमा २० जना घाइते भएका छन् भने लुम्बिनीमा ६० जना, कर्णालीमा १० जना र गण्डकीमा ८ जना घाइते भएका छन्।

प्रकाशित: Oct 18, 2026| 13:55 आइतबार, कात्तिक १, २०८३
प्रतिक्रिया दिनुहोस्