रौतहट- रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुरस्थित मौलापुर–शीतलपुर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
आइतबार बिहान करिब १ बजे मौलापुरबाट शीतलपुरतर्फ जाँदै गरेको बा ३७ प ९९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। मोटरसाइकलमा तीन जना सवार थिए।
दुर्घटनामा मोटरसाइकल चालक फतुवा विजयपुर नगरपालिका–२ शीतलपुरका ५३ वर्षीय त्रिविक्रम ठाकुर, उनकी करिब ७० वर्षीया आमा सोमरिया देवी ठाकुर र करिब २८ वर्षीया बुहारी सीमा कुमारी ठाकुर घाइते भएका थिए।
तीनै जनालाई उपचारका लागि बाराको कलैयास्थित राजलक्ष्मी अस्पताल लगिएको थियो। उपचारका क्रममा आइतबार बिहान ५ बजे सोमरिया देवी ठाकुरको मृत्यु भएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।