आइतबार, कात्तिक १, २०८३

आरुघाट पुलमा बेलिब्रिज जडान अन्तिम चरणमा

 |  आइतबार, कात्तिक १, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १, २०८३

गोरखा- गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पक्की पुलको क्षतिग्रस्त खण्डमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ।

बेलिब्रिज जडानको काम सम्पन्न गरी भोलिसम्म यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ। बेलिब्रिज जडानका लागि गोरखा र धादिङ दुवैतर्फ आवश्यक जग तथा अन्य निर्माण कार्य सम्पन्न भइसकेको छ।

असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीले आरुघाटस्थित पक्की पुलको गोरखातर्फको २२ मिटर खण्ड बगाएको थियो। पुलमा क्षति पुगेपछि अवरुद्ध यातायात पुनः सञ्चालनमा ल्याउन बाढीले क्षति पुर्‍याएकै स्थानमा बेलिब्रिज जडान गर्न लागिएको हो।

प्रकाशित: Oct 18, 2026| 12:58 आइतबार, कात्तिक १, २०८३
प्रतिक्रिया दिनुहोस्