मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • संस्कृती‍मन्त्री किराँतीले भने - हिन्दु विश्वविद्यालय हामीलाई चाहिन्छ 

संस्कृती‍मन्त्री किराँतीले भने - हिन्दु विश्वविद्यालय हामीलाई चाहिन्छ 

 |  आइतबार, माघ ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ ७, २०८०

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले भाषा संग्रहालय स्थापना गर्ने बताएका छन्। आइतवार मन्त्रालयमा श्री पशुपति हिन्दु विश्वविद्यालय स्थापना तयारी समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। भाषा संग्रहालयका लोगि सोमबार नै भाषा म्युजियम अध्ययन समिति बनाउने घोषणा गरे।

National life

उनले पशुपति क्षेत्र विकास कोषको गोठाटारको जग्गामा हिन्दु विश्वविद्यालय बनाएरै छोड्ने प्रतिवद्धता पनि जनाए। उनले हिन्दु विश्वविद्यालय नेपाललाई आवश्यक रहेको बताए।

उनले भने, ‘गोठाटारको जग्गा श्री पशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि दिन औपचारिक निर्णय दिने नै छौँ। यतिले मात्रै हुँदैन यो त अजकल्टो हुन्छ। यसलाई पूर्ण तयारी र सञ्चालनसम्म पुर्याउन पनि एउटा सानो समिति गठन गर्छौं।’

उनले थपे, ‘म भाषाको म्युजियम बनाउँदैछु। भाषा म्युजियम अध्ययन समिति बनाउँदैछु। हिन्दु विश्वविद्यालय हामीलाई चाहिन्छ।’

प्रतिवेदन बुझाउँदै समिति सदस्यसचिव घनश्याम खतिवडाले ट्रस्टी मोडलमा विश्वविद्यालय बनाउने बताए। उनले नेपालमा प्रचलित शास्त्रीय संस्कार, संस्कृति र दर्शनका साथै नेपालका विभिन्न जातजातिमा प्रचलित धर्म, दर्शन र लोकसंस्कृतिको अध्ययन, अनुसन्धानलाई मुख्य लक्ष्य बनाएर स्थापना गरिने विश्वविद्यालयको नेपालमुखी अध्ययन प्रमुख उद्देश्य रहेको बताए।

Laxmi sunrise bank
kumari

नेपालको जनजीवन र माटोलाई चिनेको दक्ष एवं स्वावलम्वी जनशक्तिको उत्पादन गर्नु नै विश्वविद्यालयको लक्ष्य रहेको बताए।

समिति संयोजक डा.जगमान गुरुङले ८ दिनपछि जग्गाको कित्ताकाट भएसँगै ८५ प्रतिशत काम सम्पन्न हुने बताए। उनले कानूनको मस्यौदा आएपछि र विभिन्न विज्ञहरुले सुझाव दिएसँगै विश्वविद्यालय स्थापनाको कार्यविधि शतप्रतिशत सम्पन्न हुने बताए। उनले श्री पशुपति हिन्दु विश्वविद्यालयको कारणबाट विश्वलाई नेपालप्रति आकर्षित गर्ने बताए।

संयोजक डा.जगमान गुरुङ रहेको समितिमा सदस्यहरुमा प्रा.डा. रामचन्द्र गौतम, प्रा. चेतोनाथ गौतम, कमल ढकाल, डा. घनश्याम खतिवडा सदस्यसचिव, प्रा.डा. प्रेमकुमार खत्री रहेका थिए।

प्रकाशित: Jan 21, 2024| 18:20 आइतबार, माघ ७, २०८०
प्रतिक्रिया दिनुहोस्