शनिबार, साउन ३, २०८२

मधेश कृषि विश्वविद्यालयमा जनमत पार्टीको ताला

 |  आइतबार, माघ ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, माघ ७, २०८०

vianetvianet

काठमाडौं- जनमत पार्टीले अनियमितता भइरहेको भन्दै मधेश कृषि विश्वविद्यालयमा तालबन्दी गरेको छ। पार्टीका नेता तथा कार्यकर्ताले यसबारे विश्वविद्यालयमा आइतबार ज्ञापनपत्र बुझाएका थिए। 

जनमतले विश्वविद्यालयमा दलीयकरण बन्द गर्नुपर्ने, विश्वविद्यालयमा भइरहेको अनियमितता रोक्नुपर्ने, विश्वविद्यालय भवन निर्माणमा भएको भ्रष्टाचार छानबिन गर्नुपर्ने माग गरेको छ। त्यस्तै परीक्षा बोर्ड विना नै लिइएको परीक्षाको छानबिन गर्नुपर्ने, विश्वविद्यालयका कर्मचारी नियुक्तिमा भएको राजनीतिकरण बन्द गर्नुपर्ने माग गरेको छ।

यी माग राखेर उनीहरूले विश्वविद्यालयमा तालाबन्दी गरेका हुन्। आफूहरूले राखेका मागमा विश्वविद्यालय गम्भीर नदेखिएकाले तालाबन्दी गर्नुपरेको जनमत पार्टीले जनाएको छ। माग पूरा नभएसम्म तालाबन्दी जारी रहने बताइएको छ। तालाबन्दी गरेपछि कार्यकर्ताहरुले नाराबाजीका साथै टायर बालेर विरोध प्रदर्शन गरेका थिए।

मधेश प्रदेश सरकारले मधेश कृषि विश्वविद्यालय स्थापना गरेको हो। विश्वविद्यालय सभाको अध्यक्ष प्रदेशको शिक्षामन्त्री रहने व्यवस्था छ। अहिले मधेश सरकारमा जनमत पार्टीकै महेशप्रसाद यादव शिक्षामन्त्री छन्।

त्यस्तै, विश्वविद्यालयको ऐनमा विश्वविद्यालय अवस्थित रहेको क्षेत्रका प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य सभाका सदस्य रहने व्यवस्था छ। ऐनमा व्यवस्था भए पनि व्यवहारमा लागू नभएको जनमतका कार्यकर्ताको भनाइ छ।

प्रकाशित: Jan 21, 2024| 14:19 आइतबार, माघ ७, २०८०
प्रतिक्रिया दिनुहोस्