शुक्रबार, वैशाख २१, २०८१

यु–१९ विश्वकप : नेपालले पायो ३०३ रनको चुनौतीपूर्ण लक्ष्य

 |  आइतबार, माघ ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ ७, २०८०

काठमाडौं- स्नेहित रेड्डीको आक्रमक शतकमा न्युजिल्यान्डले आइसीसी यू–१९ विश्वकपमा नेपाली युवा टोलीसामु ३ सय ३ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।  इष्ट लन्डनको बुफेलो पार्कमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय २ रनको योगफल तयार पारेको हो। 

triton college

नेपालविरुद्ध स्नेहित रेड्डीले आक्रमक शतक पूरा गरे। उनले १ सय ६ बलमा ८ चौका र २ छक्का हान्दै शतक पूरा गरे। रेड्डी १ सय ४७ रनमा नटआउट रहे। १ सय २५ बलमा ११ चौका र ६ छक्का प्रहार गरे। 

चौथो विकेटका लागि ओस्कार र स्नेहित रेड्डीले १ सय ५७ रनको शतकीय साझेदारी गर्दै न्युजिल्यान्डको इनिङस् उकासेका थिए।  कप्तान ओस्कार ज्याक्सनले ७५ रन थपे। ८१ बलमा ३ चौका र ५ छक्का प्रहार गरेका ज्याक्सन आकाश त्रिपाठीको बलमा बोल्ड आउट भए। 

चौथो विकेटका लागि ओस्कार र स्नेहित रेड्डीले १ सय ५७ रनको शतकिय साझेदारी गर्दै न्युजिल्यान्डको इनिङस् उकासेका थिए। आकाशले ४२ औं ओभरको पाँचौं बलमा कप्तान ओस्कारलाई ७५ रनमा बोल्ड गर्दै साझेदारी तोडेका हुन्। ओस्कारले ८१ बलमा ३ चौका र ५ छक्का हाने। 

त्यसअघि ओपनर टम जोन्स ३३ रनमा तिलक भण्डारीको बलमा बोल्ड आउट भए। अर्का ओपनर लुक वाटसन १४ रनमा सुवास भण्डारीको बलमा बोल्ड आउट हुँदै पवेलियन फर्के। एलेक्स थोम्पसन सुवास भण्डारी कै बलमा १३ रनमा बोल्ड आउट भए। 

corrent noodles
Metro Mart

ओलिभर तेवाटिया शून्यमै आउट भए। जाक कुमिन्स गोल्डेन डकआउट भए। लच्लन स्टु्याकपोल डकआउट भए। नेपालका लागि सुवास भण्डारीले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा ५३ रन खर्चे। गुल्सन झाले आफ्नो स्पेलमा ६१ रन खर्चेर २ विकेट लिए। 

दिपेश कँडेल, तिलक भण्डारी र आकाश त्रिपाठीले समान एक विकेट आफ्नो नाममा गरे। तिलकले आफ्नो स्पेलमा ५० रन खर्चेर १ विकेट लिए।

प्रकाशित: Jan 21, 2024| 17:44 आइतबार, माघ ७, २०८०
प्रतिक्रिया दिनुहोस्