सोमबार, कात्तिक २, २०८३

सेभियामाथि रियल म्याड्रिडको शानदार जित

 |  सोमबार, कात्तिक २, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २, २०८३

काठमाडौं- स्पेनिस ला लिगाअन्तर्गत रियल म्याड्रिडले सेभियालाई ४–१ गोलले पराजित गरेको छ। गएराति भएको खेलमा रियल म्याड्रिडले उत्कृष्ट प्रदर्शन गर्दै सहज जित निकालेको हो।

रियलका लागि आर्दा गुलेरले ३०औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। किलियन एम्बाप्पेले ३७औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएपछि रियलले पहिलो हाफमा २–० ले अघि रहेको थियो।

दोस्रो हाफमा पनि रियलले आक्रामक खेललाई निरन्तरता दिएको थियो। एम्बाप्पेले ६३औँ मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरेपछि रियलले ३–० को अग्रता बनाएको थियो। सेभियाका मानु बुएनोले ८०औँ मिनेटमा गोल गर्दै अन्तर घटाएका थिए। तर, त्यसको दुई मिनेटपछि यान डियोमान्डेले गोल गरेपछि रियल मड्रिडले ४–१ को जित सुनिश्चित गरेको थियो। यस जितसँगै रियल मड्रिडले ला लिगामा महत्त्वपूर्ण तीन अङ्क जोडेको छ। रियलको ९ खेलमा २१ अंक भएको छ र लिगमा तेस्रो स्थानमा छ। त्यस्तै सेभियाको ९ खेलमा १४ अंक रहेको छ भने लिगमा छैटौं स्थानमा रहेको छ। 

अब रियल म्याड्रिडले ला लिगाको एल क्लासिको अन्तर्गत आइतबार बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: Oct 19, 2026| 07:40 सोमबार, कात्तिक २, २०८३
प्रतिक्रिया दिनुहोस्