शनिबार, साउन ३, २०८२

मोटरसाइकल दुर्घटनामा एमबीबीएस पढ्ने दुई विद्यार्थीको मृत्यु

 |  आइतबार, माघ ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, माघ ७, २०८०

vianetvianet

मोटरसाइकल दुर्घटनामा दुई युवकको घटनास्थलमै मृत्यु भएको छ।

आइतबार बिहान वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वास्थित जिल्ला आयुर्वेद अस्पताल नजिकैको सडकमा प्रदेश २-०३-०२१ प ५४३२ नम्बरको आर१५  मोटरसाइकल दुर्घटनामा परेको हो।

दुर्घटनामा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एमबीबीएस अध्यनरत दुई विद्यार्थीको मृत्यु भएको हो। मृत्यु हुनेमा बाराको हर्दिया घर भएका २३ वर्षीय सन्दीप यादव र धनुषाको सबैला घर भएका २३ वर्षीय सुमित यादव रहेको प्रहरीले जनाएको छ।

भिस्वाबाट भेडियाही जाने बाटोमा उक्त मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हो। मृतक दुवैको शव घटनास्थलबाट मुचुल्का उठाएर पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ।
 

प्रकाशित: Jan 21, 2024| 12:15 आइतबार, माघ ७, २०८०
प्रतिक्रिया दिनुहोस्