आइतबार, वैशाख २३, २०८१

आधा वर्षमा सबैभन्दा बढी नाफा कमाउने बैंक बन्यो नबिल

 |  आइतबार, माघ ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ ७, २०८०

काठमाडौं- नबिल बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा खुद नाफा ३ अर्ब २० करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

triton college

आर्थिक वर्षको पहिलो ६ महिनामा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी नाफा नबिलले नै कमाएको छ।

बैंकको खराब कर्जा (एनपीएल) ०.२६ प्रतिशत घटेर १.२ प्रतिशतमा झारेको छ । गत वर्षको सोही अवधिमा १.४६ प्रतिशत थियो ।

पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ५.२४ प्रतिशत बढेर ८ अर्ब २४ करोड रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ अर्ब ८३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

६ महिनाको अवधिमा बैंकको नेट फि तथा कमिशन आम्दानी १५.७२ प्रतिशत बढेर १ अर्ब ४८ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी ५.७५ प्रतिशत बढेर १० अर्ब ६ करोड रुपैयाँ, सञ्चालन नाफा ६.२८ प्रतिशत घटेर ४ अर्ब ५६ करोड रुपैयाँ र वितरणयोग्य नाफा १ अर्ब ८ करोड रुपैयाँ रहको छ ।

corrent noodles
Metro Mart

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड रुपैयाँ, जगेडा कोष ५.३५ प्रतिशत घटेर २८ अर्ब २५ करोड रुपैयाँ, निक्षेप संकलन ८ प्रतिशत बढेर ४ खर्ब २८ अर्ब ८३ करोड रुपैयाँ र कर्जा प्रवाह ९.५९ प्रतिशत बढेर ३ खर्ब ६२ अर्ब ८७ करोड रुपैयाँ रहेको छ ।

बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी १.५९ रुपैयाँ घटेर २३.६८ रुपैयाँमा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात २०.८३ गुणा छ भने प्रतिसेयर नेटवर्थ २०४.४४ रुपैयाँ रहेको छ ।
 

प्रकाशित: Jan 21, 2024| 15:03 आइतबार, माघ ७, २०८०
प्रतिक्रिया दिनुहोस्