शनिबार, साउन ३, २०८२

छुट्टाछुट्टै सवारी दुर्घटनामा चारको मृत्यु, तीनजना मृत फेला

 |  आइतबार, माघ ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, माघ ७, २०८०

vianetvianet

सिरहा, गोलबजार नगरपालिका-७ स्थित सडकमा को.१ ख ७०९५ नम्बरको ट्याङ्करको ठक्करबाट साइकलयात्री मिर्चैया नगरपालिका-११ सोनीगढबा बस्ने ३५ वर्षीय ज्ञानु माझीको शनिबार साँझ मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

महोत्तरी, जलेश्वर नगरपालिका-८ बज्राहीमा प्रदेश २-०२-००१ च ०७१० नम्बरको कार र प्रदेश २-०२-००४ प ८०६६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक एकडारा गाउँपालिका-५ बहेडा बस्ने ४० वर्षीय पंकज कुमार रायको मृत्यु भएको छ। दुर्घटनमा गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ।

पर्सा, वीरगंज महानगरपालिका-१५ आयुर्वेदिक चोकमा प्रदेश २-०३-०२१ प ५४३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका २ जनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

मृत फेला
कञ्चनपुर, बेदकोट नगरपालिका-३ ओझाखाली बस्ने ४५ वर्षीय जयराम डगौरा आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन्।

पाँचथर, फाल्गुनन्द गाउँपालिका-७ सिक्रेटार बस्ने ४६ वर्षीया कमला आङ्देम्बे सोही ठाउँस्थित नालीमा शनिबार मृत अवस्थामा फेला परेका छन्।

सप्तरी, कंचनरुप नगरपालिका-१२ स्थित माथिलो मैना तर्क जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jan 21, 2024| 13:39 आइतबार, माघ ७, २०८०
प्रतिक्रिया दिनुहोस्