मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • रेशमलाई दोषी ठहर गरेका न्यायाधीश डा. परशुराम भट्टराईले दिए राजीनामा 

रेशमलाई दोषी ठहर गरेका न्यायाधीश डा. परशुराम भट्टराईले दिए राजीनामा 

 |  आइतबार, माघ ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ ७, २०८०

काठमाडौं- जिल्ला न्यायाधीश डा. परशुराम भट्टराईले पदबाट राजीनामा दिएका छन्। जिल्ला अदालत कैलालीमा रहँदा टीकापुर हत्याकाण्डमा मुछिएका रेशम चौधरीलाई दोषी ठहर गर्ने गरी फैसला सुनाएका न्यायाधीश डा. भट्टराईले न्याय परिषद्मार्फत् प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई राजीनामा दिएका हुन्। 

National life

केही मुद्दाको फैसलामा विवादित भएको भन्दै गत वर्ष नै न्याय परिषद्मा तानिएका न्यायाधीश भट्टराईले आफूमाथिको छानबिन नसकिएको र जिम्मेवारी पनि नतोकिएको भन्दै राजीनामा दिएको जनाएका छन्। 

उनीसहित यसअघि छानबिनमा तानिएका तीनजनासँग सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई नेतृत्वको समितिले बयान लिइरहेको थियो। उक्त समितिले छानबिन सकेर प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ।

जिल्ला अदालतका ३ जना न्यायाधीशविरुद्ध कारबाही गर्न ३ सदस्यीय जाँचबुझ समिति बनाइएको थियो। न्याय परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको नेतृत्वमा समिति बनाएको हो। 

समितिमा सर्वोच्च अदालतकै न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र तिलप्रसाद श्रेष्ठ सदस्य छन्। समितिलाई यसअघि भएका जाँचबुझको प्रतिवेदन अध्ययन गर्ने, आवश्यक परे थप प्रमाण बुझ्ने, बयान लिने र कारबाहीका लागि आवश्यक राय दिने गरी कार्यादेश दिइएको थियो। 

Laxmi sunrise bank
kumari

जाँचबुझ समितिलाई ३० दिनभित्र अनिवार्यरूपमा प्रतिवेदन दिन भनिएको छ। समितिले प्रतिवेदन दिएलगत्तै न्याय परिषद्ले कारबाहीसम्बन्धी निर्णय गर्नेछ। यस्तो अवस्थामा भट्टराईको राजीनामा आएको हो।

प्रकाशित: Jan 21, 2024| 16:30 आइतबार, माघ ७, २०८०
प्रतिक्रिया दिनुहोस्