मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • रास्वपाका सभापति लामिछानेमाथि पनि सीआईबीले अनुसन्धान गर्ने 

रास्वपाका सभापति लामिछानेमाथि पनि सीआईबीले अनुसन्धान गर्ने 

 |  आइतबार, माघ ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ ७, २०८०

काठमाडौं- समस्याग्रस्त सहकारीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गर्ने भएको छ। सहकारी विभागको अनुरोधमा समस्याग्रस्त सहकारीबारे अनुसन्धान अघि बढाइएको हो। 

National life

सीआईबी प्रमुख तथा एआईजी किरण बज्राचार्यले सबै समस्याग्रस्त सहकारीको अनुसन्धान थालिएको जानकारी दिइन्। सीआईबी स्रोतले दिएको जानकारीअनुसार पोखरास्थित सूर्यदर्शन सहकारी पनि अनुसन्धानमा रहेको छ। जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ग्यालेक्सी टेलिभिजनका लगानीकर्ता गितेन्द्रबाबु (जीबी) राई पनि जोडिएका छन्।

'सबै अनुसन्धान गर्दा उहाँहरू संलग्न रहेको सहकारीमाथि पनि अनुसन्धान हुन्छ, आवश्यक परे उहाँहरूमाथि पनि छानबिन गर्नुपर्ने हुन्छ।' राई समूहले पोखरास्थित सूर्यदर्शन सहकारीको एक अर्ब ३५ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोप छ ।

राई अहिले फरार छन् भने लामिछानेले आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् । ब्यूरो स्रोतका अनुसार पोखराबाट पनि फाइल मगाएर अध्ययन गर्न लागिएको छ ।
 

प्रकाशित: Jan 21, 2024| 17:15 आइतबार, माघ ७, २०८०
प्रतिक्रिया दिनुहोस्