आइतबार, साउन ४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • उत्पादनमूलक क्षेत्रमा लगानी नगर्दा सहकारी समस्यामा परे : प्रदीप ज्ञवाली 

उत्पादनमूलक क्षेत्रमा लगानी नगर्दा सहकारी समस्यामा परे : प्रदीप ज्ञवाली 

 |  आइतबार, माघ ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, माघ ७, २०८०

vianetvianet

काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न नसक्दा वर्तमान समस्या सिर्जना भएको बताएका छन्। भरतपुरमा प्रेस चौतारी चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सहकारीले नेपालमा बचतको संस्कार विकास गरे पनि उत्पादक र उपभोक्ताबीच पुलको काम गर्न नसकेको बताए।

'देशभरका अधिकांश सहकारी उत्पादनमूलक काममा नलाग्दा समस्या भएको हो,' ज्ञवालीले भने, 'बचत उठाउने र महँगो ब्याजमा ऋण दिने गरेकाले यस्तो अवस्था आएको हो।' सरकारी निकायले समयमा नै नियमन गर्न नसक्दाको फाइदा केही सहकारी सञ्चालकले लिएका उनको भनाइ थियो।

देशभरका ६० हजार सहकारीमा रू आठ खर्ब बचत रहेको भन्दै उपमहासचिव ज्ञवालीले बचत गर्ने संस्कृतिको विकासमा सहकारीको योगदान महत्वपूर्ण रहेको बताए। सहकारीमा देखिएका समस्या समाधानका लागि सरकारले ठोस् कदम चाल्नुपर्नेमा उनले जोड दिए। उनले देश बन्छ भनेर युवामा ऊर्जा प्रदान गर्ने काममा सबै लाग्नुपर्ने बताए।

प्रकाशित: Jan 21, 2024| 18:00 आइतबार, माघ ७, २०८०
प्रतिक्रिया दिनुहोस्